सामन्थाको आइटमविरुद्ध एफआईआर दर्ता « Khabarhub

सामन्थाको आइटमविरुद्ध एफआईआर दर्ता


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुको जीवनमा समस्याको चाङले दिनानुदिन दुःख दिइरहेको छ । अभिनेता पति नागा चैतन्यसँगको सम्बन्धविच्छेद पछि त्यो पीडाबाट बाहिर निस्कन खोजिरहँदा अहिले अभिनेत्रीमाथि नयाँ समस्या आइलागेको छ ।

सामन्थाविरुद्ध उनको नयाँ गीतलाई लिएर एफआईआर दर्ता भएको छ । यो गीत अभिनेता अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पा द राइज’को हो । जसमा सामन्थाले आइटम नृत्य गरेकी छन् । यो गीतको शब्दलाई लिएर पुरुषका लागि काम गर्ने एक संस्थाले सामन्थाविरुद्ध उजुरी दर्ता गराएको हो ।

फिल्ममा ‘ओ अन्थया ओ.ओ.अन्थया’ बोलको आइटम नृत्य छ । यो गीतको विषयमा नयाँ विवाद सिर्जना भएको छ । उक्त संस्थाले गीतले पुरुषप्रति महिलाको खराब सोचलाई प्रस्तुत गरेको दाबी गरेको छ । संगठनले उक्त गीतलाई फिल्मबाट हटाउन माग गरेको छ ।

यो फिल्म तेलुगू, तमिल, हिन्दी, मलयालम र कन्नड गरी ६ अलग–अलग भाषामा निर्माण गरिएको छ । फिल्म आगामी डिसेम्बर १७ मा रिलिज हुँदैछ । फिल्मको कथा आन्ध्रप्रदेशको जंगलबीच हुने चन्दन लकडीको तस्करीमा आधारित छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : २२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक