सामन्थाको आइटमविरुद्ध एफआईआर दर्ता « Khabarhub

सामन्थाको आइटमविरुद्ध एफआईआर दर्ता


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुको जीवनमा समस्याको चाङले दिनानुदिन दुःख दिइरहेको छ । अभिनेता पति नागा चैतन्यसँगको सम्बन्धविच्छेद पछि त्यो पीडाबाट बाहिर निस्कन खोजिरहँदा अहिले अभिनेत्रीमाथि नयाँ समस्या आइलागेको छ ।

सामन्थाविरुद्ध उनको नयाँ गीतलाई लिएर एफआईआर दर्ता भएको छ । यो गीत अभिनेता अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पा द राइज’को हो । जसमा सामन्थाले आइटम नृत्य गरेकी छन् । यो गीतको शब्दलाई लिएर पुरुषका लागि काम गर्ने एक संस्थाले सामन्थाविरुद्ध उजुरी दर्ता गराएको हो ।

फिल्ममा ‘ओ अन्थया ओ.ओ.अन्थया’ बोलको आइटम नृत्य छ । यो गीतको विषयमा नयाँ विवाद सिर्जना भएको छ । उक्त संस्थाले गीतले पुरुषप्रति महिलाको खराब सोचलाई प्रस्तुत गरेको दाबी गरेको छ । संगठनले उक्त गीतलाई फिल्मबाट हटाउन माग गरेको छ ।

यो फिल्म तेलुगू, तमिल, हिन्दी, मलयालम र कन्नड गरी ६ अलग–अलग भाषामा निर्माण गरिएको छ । फिल्म आगामी डिसेम्बर १७ मा रिलिज हुँदैछ । फिल्मको कथा आन्ध्रप्रदेशको जंगलबीच हुने चन्दन लकडीको तस्करीमा आधारित छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : २२ बजे

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६