पुष १५ पुग्याे ‘चपली हाइट ३’ « Khabarhub

पुष १५ पुग्याे ‘चपली हाइट ३’


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी पुष २ अर्थात आउने शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ दुई साता पछि सरेको छ । यो फिल्म अब पुष १५ गते रिलिज हुनेछ ।

फिल्मका निर्माता अर्जुन कुमारले एक विज्ञप्ती जारी गर्दै आफूहरुले फिल्म सारेको जनाएका छन् । ‘यसपाली मेरो चलचित्र ‘चपली हाइट ३’ यही पौष २ गतेबाट प्रदर्शनमा आउने भनिएकोमा विविध कारणबस उक्त मितिमा ‘चपली हाइट ३’को प्रदर्शन नहुने जानकारी दुःखका साथ गराउदछु । हाम्रो चलचित्र आगामी पौष १५ गते रिलिज हुने जानकारी गराउदछु’, विज्ञप्तीमा उल्लेख छ ।

अर्जुनले ‘विविध कारणबस’ भनेर उल्लेख गरे पनि पुष २ गते हलिउड फिल्म ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ रिलिज हुँदैछ । जसकारण अर्जुनले आफ्नो फिल्मलाई दुई साता पछाडि सारेका छन् ।

निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ०२ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृहमन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन