पुष १५ पुग्याे ‘चपली हाइट ३’ | Khabarhub Khabarhub

पुष १५ पुग्याे ‘चपली हाइट ३’


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी पुष २ अर्थात आउने शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ दुई साता पछि सरेको छ । यो फिल्म अब पुष १५ गते रिलिज हुनेछ ।

फिल्मका निर्माता अर्जुन कुमारले एक विज्ञप्ती जारी गर्दै आफूहरुले फिल्म सारेको जनाएका छन् । ‘यसपाली मेरो चलचित्र ‘चपली हाइट ३’ यही पौष २ गतेबाट प्रदर्शनमा आउने भनिएकोमा विविध कारणबस उक्त मितिमा ‘चपली हाइट ३’को प्रदर्शन नहुने जानकारी दुःखका साथ गराउदछु । हाम्रो चलचित्र आगामी पौष १५ गते रिलिज हुने जानकारी गराउदछु’, विज्ञप्तीमा उल्लेख छ ।

अर्जुनले ‘विविध कारणबस’ भनेर उल्लेख गरे पनि पुष २ गते हलिउड फिल्म ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ रिलिज हुँदैछ । जसकारण अर्जुनले आफ्नो फिल्मलाई दुई साता पछाडि सारेका छन् ।

निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ०२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु