१९९३ मत खस्यो, राति ९ बजेसम्म मतदान हुने « Khabarhub

१९९३ मत खस्यो, राति ९ बजेसम्म मतदान हुने


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान राति ९ बजेसम्म हुने भएको छ । काठमाडौँमा जारी महाधिवेशन अन्तर्गत सोमबार दिउँसो साढे ११ बजेबाट मतदान सुरु भएको थियो । साँझ ५ बजेसम्म १९९३ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। जम्मा मतदाता ४७४३ जना छन् । उनले राति ९ बजेसम्म मतदान गर्न पाइने तालिका बनाइएको बताए ।

उम्मेदवार पनि धेरै र पद पनि धेरै भएकाले मतपत्रकोसमेत आकार ठूलो छ । जसका कारण मतदानमा निकै ढिलाइ भइरहेको छ । सभापति देउवालाई मतदान गर्न करिब १ घण्टाको समय लागेको थियो ।

एक सभापति, २ उपसभापति, १४ महामन्त्रीसहित १३४ पदको निर्वाचन हुने भए पनि दुईजना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएकाले १३२ पदका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार मैदानमा छन् ।

सभापतिमा ५ जना उम्मेदवार रहेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ सभापतिका उम्मेदवार छन् । यस्तै उपसभातिमा ६ जना र महामन्त्रीमा पनि ६ जना उम्मेदवार छन् ।

मतदान सकिए लगत्तै सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुईजना उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : २२ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष