मतदान सकियो, सभापतिको मत गणना केही समयपछि सुरु हुने « Khabarhub

मतदान सकियो, सभापतिको मत गणना केही समयपछि सुरु हुने


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको मतदान सकिएको छ । अहिले राति साढे ११ बजे मतदान सकिएको हो। मतदान सकिएपछि मुचुल्का उठाउने काम भइरहेको छ । निर्वाचन समितिले कति मत खस्यो भन्नेबारे जानकारी दिएको छैन । ४७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

मतदान सकिएसँगै सभापतिको मत गणना अब केही समयपछि सुरु हुनेछ । सभापतिमा ५ जना शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

१३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचनबाट चयन हुने व्यवस्था अनुसार २ जना निर्विरोध निर्वाचित भइसकेकाले १३२ सिटका लागि सोमबार रातिसम्म मतदान भएको हो। सभापतिको टुंगो लागेपछि अन्य पदहरुको मतगणना हुनेछ । सभापतिको मतगणना राष्ट्रिय सभा गृहमा अहिले केही समयपछि हुनेछ भने अन्य मत बाकस पार्टी केन्द्रीय कार्यालय सानेपा लगिने छ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : ५२ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको