अमेरिकी तल्लो सदनबाट दोस्रो पटक ट्रम्पविरूद्धको महाअभियोग पारित | Khabarhub Khabarhub

अमेरिकी तल्लो सदनबाट दोस्रो पटक ट्रम्पविरूद्धको महाअभियोग पारित


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग पारित गरेको छ ।

एकै कार्यकालमा दोस्रो पटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् । कार्यकाल सकिन एक हप्ता पनि बाँकी नरहँदा तल्लो सदनबाट पारित भएको यो प्रस्तावलाई माथिल्लो सदन सिनेटले पनि पास गरेमा उनको बहिर्गमन लज्जास्पद हुनेछ ।

सिनेटमा दुई तिहाइ मतले पारित भएमा ट्रम्प राष्ट्रपति पदबाट जनवरी २० अगावै बर्खास्त हुनेछन् । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइनडेनले सत्ता सम्हाल्दै छन्।

ट्रम्पविरुद्ध यही जनवरी ६ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) भित्र भएको हिंसाको उक्साहटको अभियोग लगाइएको छ । क्यापिटल हिलमा भएको सो हमलामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

डेमाक्र्याटिक पार्टीका सांसदले गत सोमबार तल्लो सदनमा दर्ता गरेको महाभियोग प्रस्तावलाई २३२ मतले पारित गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पकै पार्टी रिपब्लिकनका १० सांसदले पनि महाभियोगका पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसआधारमा १९७ जना रिपब्लिकन सांसद मात्र महाभियोगको विपक्षमा थिए ।

यसअघि सन् २०१९ डिसेम्बरमा पनि ट्रम्पविरुद्ध महाभियोग लगाइएको थियो । उक्त प्रस्ताव सिनेटबाट अस्वीकृत भएपछि उनी महाभियोगबाट जोगिएका थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ७ : १८ बजे

खोइ, गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्

रामेछाप – रामेछापको अधिकांश गाउँमा मानिस बस्न छाडेपछि यहाँका बस्ती

पर्वत र बागलुङका घर लिपपोत गर्न म्याग्दीको रातोमाटो

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि

माओवादी पदाधिकारी बैठक बस्दै : के होला नेतृत्व परिवर्तनको माग ?

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार बस्दैछ ।

गण्डकी प्रदेशमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

कास्की– गण्डकी प्रदेशमा जेन-जीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक

तुइन खोला पहिरो : यात्रुहरू शुक्रबारदेखि सडकमै अलपत्र, खुलाउने प्रयास जारी

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने