आजको सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो « Khabarhub

आजको सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो


१ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज माघ महिनाको पहिलो दिन, नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले कमी आएपछि प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (बुधवार) यस्तो सुनको मूल्य प्रति तोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट आएको हो ।

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ११ : १५ बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,