कतारमा रहेका सबै व्यक्तिलाई कोरोनाविरूद्धको खोप लगाउने प्रक्रिया सुरू « Khabarhub

कतारमा रहेका सबै व्यक्तिलाई कोरोनाविरूद्धको खोप लगाउने प्रक्रिया सुरू


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले आफ्नो देशमा रहेका सबै व्यक्तिलाई कोभिड- १९ को भ्याक्सिन निःशुल्क उपलब्ध गराउने भएको छ ।

त्यसका लागि हेल्थ कार्ड अर्थात् मेडिकल इन्सुरेन्स नभएका व्यक्तिहरूलाई पनि नाम दर्ता गर्न आग्रह गरिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका खोप प्रमुख डा. सोहा अल बायतका अनुसार हेल्थ कार्ड नभएकाहरुलाई पनि तोकिएको हेल्थ सेन्टरहरूमा गई भ्याक्सिन लगाउनका लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरेका छन् ।

भाइरसबाट सबै समुदायलाई बचाउन खोप लिन प्रोत्साहित गरिएको डा.अल बायतलाई उद्धृत गर्दै पेनिन्सुला अनलाइनले जनाएको छ ।

कोरोना खोप कतार विश्वविद्यालय स्वास्थ्य केन्द्र, अल वाब स्वास्थ्य केन्द्र, अल खोर स्वास्थ्य केन्द्र, अल वाजबा स्वास्थ्य केन्द्र, लेबाब स्वास्थ्य केन्द्र, अल रूवाईस स्वास्थ्य केन्द्रमा उपलब्ध रहेको जनाएको छ ।

यसैगरी उम सलाल स्वास्थ्य केन्द्र, रावदत अल खाइल स्वास्थ्य केन्द्र, अल थुमा स्वास्थ्य केन्द्र र मुइथर स्वास्थ्य केन्द्रहरूबाट खोप लिन सकिने जनाएको छ ।

नाम दर्ता गराएका व्यक्तिहरुलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचीत गरिनेछ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरूद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १२ : १५ बजे

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन