आज नेकपाको दुवै समूहको स्थायी कमिटी बैठक बस्दै « Khabarhub

आज नेकपाको दुवै समूहको स्थायी कमिटी बैठक बस्दै


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षले स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् ।

ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ ।

कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।

प्रतिमन विरुद्धको आन्दोलनको समीक्षाका साथै सांगठानिक विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको जानकारी दिँदै भट्टराईले आज अन्य महत्वपूर्ण विषयमा पनि छलफल हुने बताए ।

त्यस्तै ओली पक्षका नेता सुवास नेम्वाङले बालुवाटारमा समसामयीक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  २ : १६ बजे

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल

स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशका सभामुख रामअशिष यादवले स्वस्थ समाज निर्माणका लागि

विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा

दोहा – मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट

सुधनलाई देखाउँदै नेताहरूले रविलाई भनेका थिए, ‘भूपदेवलाई महामन्त्रीमा रोकौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले दोस्रो महामन्त्री भूपदेव शाहलाई बनाएको