ओलीको ‘तानाशाही प्रवृत्ति’ले सिंगो मुलुक संकटमा : अध्यक्ष नेपाल « Khabarhub

ओलीको ‘तानाशाही प्रवृत्ति’ले सिंगो मुलुक संकटमा : अध्यक्ष नेपाल


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिका कारण सिंगो मुलुकले संकट भोग्नु परेको आरोप लगाएका छन् ।

बिहीबार नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीले भनेको कुरा नमान्नु नै आफूहरुको अपराधजस्तो भएको भएको बताए ।

उनले ओलीको तानाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको आरोप लगाए ।

ओली बदलाको भावनाबाट अघि बढ्ने र अलोकतान्त्रिक चरित्र भएको उनले आरोप लगाए । ‘संवैधानिक कू’ भएका बेला चुनावको अर्थ नभएको बताउँदै उनले वैशाखमा चुनाव हुनै नसक्ने जिकिर गरे ।

नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए ।

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नरहेको र हुँदै नभएको धारा राखेर विघटन गरिएको आरोप उनले लगाए । उनले अदालतले ओलीको कदम सच्चाउने विश्वास समेत व्यक्त गरे ।

उनले आफू र प्रचण्ड रहेको पार्टी नै आधिकारिक रहेको दाबी गरे । ‘जबज’ आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप उनले लगाए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ४ : ५२ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी