माघी पर्व : मौलिक पोशाकमा सजिएका थारु समुदायका युवती (फोटोफिचर) | Khabarhub Khabarhub

माघी पर्व : मौलिक पोशाकमा सजिएका थारु समुदायका युवती (फोटोफिचर)


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर बिहीबार माघी पर्व मनाएका छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व हो । पर्वका अवसरमा काठमाडौंमा रहेका थारु समूदायमा शुभकामना अदानप्रदान गर्दै थारु राष्ट्रिय महोत्सवका रुपमा मनाएका छन् ।

सो क्रममा थारु समूदायको सस्कृति झल्कने सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका नेता लिलामणि पोखरेलले सवै चाडपर्वको महत्व उतिकै रहेको भन्दै यसले नेपालको पहिचान झल्कने बताए ।

उनले आफ्नो अधिकार स्थापित गर्नका लागि सांस्कृतिक आन्दोलन आवश्यक रहेको उल्लेख गरे ।

फरक प्रसंगमा उनले नेकपा एकतादेखि नै समस्या देखिएको भन्दै त्यसैका परिणाम अहिले देखिएको बताए । उनले प्रधानमन्त्रीले संविधान विपरित संसद विघटन गरेको आरोप लगाए ।

त्यस्तै थारु अगुवा तथा नेकपा नेतृ गंगा चौधरी सरकारको कदमले जनताले दिएको मतको अपमान भएको बताइन । संविधान विपरित संसद बिघटन भएको भन्दै संविधान नै नरहे निर्वाचन हुन नसक्ने उनले बताइन।

उनले थारुको अधिकार स्थापित गर्नका लागि फेरि संघर्ष गर्ने बेला आएको धारणा राखेकी थिइन ।

तस्वीर-रासस

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ५ : ४५ बजे

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै