माघी पर्व : मौलिक पोशाकमा सजिएका थारु समुदायका युवती (फोटोफिचर) « Khabarhub

माघी पर्व : मौलिक पोशाकमा सजिएका थारु समुदायका युवती (फोटोफिचर)


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर बिहीबार माघी पर्व मनाएका छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व हो । पर्वका अवसरमा काठमाडौंमा रहेका थारु समूदायमा शुभकामना अदानप्रदान गर्दै थारु राष्ट्रिय महोत्सवका रुपमा मनाएका छन् ।

सो क्रममा थारु समूदायको सस्कृति झल्कने सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका नेता लिलामणि पोखरेलले सवै चाडपर्वको महत्व उतिकै रहेको भन्दै यसले नेपालको पहिचान झल्कने बताए ।

उनले आफ्नो अधिकार स्थापित गर्नका लागि सांस्कृतिक आन्दोलन आवश्यक रहेको उल्लेख गरे ।

फरक प्रसंगमा उनले नेकपा एकतादेखि नै समस्या देखिएको भन्दै त्यसैका परिणाम अहिले देखिएको बताए । उनले प्रधानमन्त्रीले संविधान विपरित संसद विघटन गरेको आरोप लगाए ।

त्यस्तै थारु अगुवा तथा नेकपा नेतृ गंगा चौधरी सरकारको कदमले जनताले दिएको मतको अपमान भएको बताइन । संविधान विपरित संसद बिघटन भएको भन्दै संविधान नै नरहे निर्वाचन हुन नसक्ने उनले बताइन।

उनले थारुको अधिकार स्थापित गर्नका लागि फेरि संघर्ष गर्ने बेला आएको धारणा राखेकी थिइन ।

तस्वीर-रासस

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ५ : ४५ बजे

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको