ट्रम्पविरूद्धको महाअभियोग सिनेटबाट दोस्रो पटक पनि अस्वीकृत « Khabarhub

ट्रम्पविरूद्धको महाअभियोग सिनेटबाट दोस्रो पटक पनि अस्वीकृत


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग अस्वीकृत गरेको छ ।

संसद भवन आक्रमणमा समर्थकलाई ‘उकासे’को आरोपमा महाअभियोग लगाइए पनि सिनेटमा त्यसको पक्षमा आवश्यक मत नपुगेको हो ।

सिनेटले महाअभियोग अस्वीकृत गरेसँगै ट्रम्प कलंकित हुनबाट जोगिएका छन् । बीबीसीका अनुसार रिपब्लिकनसहितका ५७ सिनेटरले महाअभियोगको पक्षमा मदान गरे पनि उनलाई दोषी ठहर्‍याउनका लागि पर्याप्त भएन ।

महाअभियोगमा उनलाई दोषी ठहर गर्ने पक्षमा ५० डेमोक्र्याट तथा सात रिपब्लिकन सिनेटरले मत दिएका हुन् । ४३ सदस्यले भने विपक्षमा मतदान गरेका थिए ।

माथिल्लो सदन सिनेटका १०० सदस्यमध्ये कम्तीमा ६७ सदस्यको मतले मात्रै महाअभियोग पारित हुने व्यवस्था छ ।

गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

सिनेटबाट आफू जोगिएपछि ट्रम्पले वक्तव्य जारी गर्दै महाअभियोगलाई इतिहासमै भएको सबैभन्दा ठूलो ‘विच हन्ट’ को संज्ञा दिएका छन् ।

अमेरिकी इतिहासमा दुई पटक महाअभियोग लागे पनि उनले त्यसबाट मुक्ति पाएका छन् । यसअघि पनि उनीविरूद्धको महाअभियोगलाई सिनेटले अस्वीकृत गरेको थियो । शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा सन् २०१९ को डिसेम्बरमा ट्रम्पमाथि महाअभियोग लगाइएको थियो । त्यसमा पनि उनलाई निर्दोष ठहर्‍याइएको थियो ।

ट्रम्प सिनेटबाट दोषी ठहर भएको भए खण्डमा उनी कुनै पनि पदका लागि चुनाव लड्न नपाउने गरि सिनेटले प्रतिबन्ध लगाउने थियो । तर दोषी ठहर नभएसँगै उनलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको उम्मेदवार बन्न पनि बाटो खुलेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : ३७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी