झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा | Khabarhub Khabarhub

झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवर्द्धनको लागत भने रु ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

मन्त्रालयको छनोटमा परेका गन्तव्य योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवर्द्धन परियोजनाको कुल लागत रु छ करोड ७० लाख अनुमान गरिएकामा मन्त्रालयबाट रु चार करोड ३५ लाख छुट्याइएको छ ।

यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत रु दुई करोड अनुमान रहेकामा रु एक करोड ३० लाख मन्त्रालयबाट विनियोजन हुने तय भएको छ ।

कन्काई नगरपालिकाको कन्काई सामुदायिक वनस्पति उद्यानका लागि रु छ करोड ९० लाख कुल लागत अनुमान रहेकामा रु चार करोड ४९ लाख विनियोजन हुने भएको छ । रु छ करोड ७३ लाख अनुमान रहेको भद्रपुरको साइन्स सिटीका लागि रु चार करोड ३८ लाख मन्त्रालयबाट विनियोजन हुने भएको छ ।

प्रस्ताव आह्वान गरी छनोट गरिएका झापाका अन्य पर्यटकीय गन्तव्यमा हल्दिबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्क, बाह्रदशीको साधूपति झिलसिमसार, नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको केचना स्तम्भ तथा झिल, गौरीगञ्जको कोरोवारी सिमसार तथा कमल गाउँपालिकाको साधुहोली सिमसार रहेका छन् ।

यी प्रत्येक योजनाको कुल लागत रु पाँच करोडका दरले अनुमान गरिएको छ भने मन्त्रालयले भने रु तीन करोड ५० लाखका दरले बजेट विनियोजन गरेको छ ।

यस्तै रु एक करोड ५० लाख कुल लागत अनुमान रहेको दमक नगरपालिकाको इन्द्रेणी तालका लागि रु ९८ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

झापामा छनोट गरिएका योजनाहरुको कुल लागत रु ४३ करोड ८३ लाख अनुमान गरिएको भए पनि यो वर्ष मन्त्रालयले रु ३३ करोड बजेट विनियोजन गरेको जनाइएको छ । बाँकी रकम साझेदारका रूपमा स्थानीय तहले स्रोत जुटाउने उल्लेख छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : ५५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र