कलियुगको आयू अब कति ? यस्तो छ धर्म शास्त्रमा वर्णन « Khabarhub

कलियुगको आयू अब कति ? यस्तो छ धर्म शास्त्रमा वर्णन


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दु धर्म शास्त्र अनुसार सत्य, त्रेता, द्वापर र कलियुग गरी यस ब्रह्माण्डमा चार वटा युग रहेका छन् ।

हिन्दु शास्त्रमा उल्लेख भएअनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ ।

कलियुगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको श्रृजना हुने विश्वास गरिन्छ । कलियुग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ । कल्किको रुपमा विष्णु कलियुगको अन्तिममा उपस्थित हुनुहुन्छ भनेर धर्म ग्रन्थहरुमा भनिएको छ। कल्कि अवतार कलियुग र सत्ययुगको संधिकालमा हुनेछ।

यो अवतार ६४औं कला युक्त हुनेछ । कल्कि पुराणको अनुसार, विष्णुको अवतार कल्किले देवदत्त नाम गरिएको घोडामा चढेर संसारबाट पापिहरुको विनाश गर्नुहुन्छ र धर्मको पुन स्थापना गर्नुहुन्छ । त्यसपछि कलियुगको अन्त्य हुन्छ र फेरी सत्य युगको प्रारम्भ हुन्छ ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ४० बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका