सुशासन, समृद्धि र विकासमा अवरोध भएपछि प्रतिनिधिसभा विघटन : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

सुशासन, समृद्धि र विकासमा अवरोध भएपछि प्रतिनिधिसभा विघटन : परराष्ट्रमन्त्री ज्ञवाली


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाकै नेताहरूबाट  सुशासन र समृद्धिमा अवरोध भएपछि प्रतिनिधिसभा भंग गरेर जनतामा जानु परेको बताएका छन् ।

सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठनका लागि जनतामा पुग्न परेको मन्त्री ज्ञावलीले बताए ।

नेकपाको ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको दाबी गरे ।

पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेकोसमेत उनले बताए ।

नेकपा केन्द्रीय सदस्य विजय सुब्बाले भने राष्ट्रवादी प्रधानमन्त्रीलाई किन मन नपराएको भन्दै प्रश्न गरेका थिए । केपी ओलीजस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा आफू अचम्ममा परेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : ३० बजे

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित