फेसबूकले बनाउँदैछ ‘स्मार्टवाच’ « Khabarhub

फेसबूकले बनाउँदैछ ‘स्मार्टवाच’


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर स्मार्टवाचको लोकप्रियता बढ्दो छ । अब स्मार्टवाचको बजारमा फेसबूक पनि प्रतिस्पर्धामा उत्रिने भएको छ ।

विभिन्न रिपोर्टका अनुसार फेसबूकले एक स्मार्टवाच निर्माणका लागि काम गरिरहेको छ । जसले प्रयोगकर्तालाई आफ्ना सर्भिस (जस्तै ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर) का माध्यमबाट सन्देश पठाउने सुविधा दिनेछ ।

साथै उक्त स्मार्टवाचमा हेल्थ र फिटनेस फिचर पनि हुने समाचार स‌ंस्था द भर्जले जनाएको छ ।

द भर्जका अनुसार फेसबूकले गोप्य रुपमा स्मार्टफोनमाथि काम गरिरहेको छ र सम्भवतः अर्को वर्ष यसको विक्रीसमेत थालिनेछ ।

स्मार्टवाच निर्माणसँगै फेसबूक हार्डवयर इकोसिस्टमको हिस्सा बन्ने भएको छ । यसमा पहिलेदेखि भर्चुअल रियालिटी हेडसेट, भिडियो कलिङ डिभाइस, स्मार्ट ग्लास समावेश छन् ।

स्मार्टवाचले विना मोबाइल पनि म्यासेज आदानप्रदान गर्ने सुविधा दिने अनुमान गरिएको छ । यो स्मार्टवाचमा इन्टरनेट कनेक्सन हुने र सीधै ह्वाटसएप, म्यासेन्जर, इन्स्टाग्राममा कुरा गर्न सकिने सुविधा हुनसक्ने विभिन्न रिपोर्टहरुमा बताइएको छ ।

फेसबूकले स्मार्ट चश्मा निर्माणमा पनि काम गरिरहेको छ । सफ्टवेयरमा निकै अगाडि फेसबूक अब हार्डवेयरमा पनि आफ्नो वर्चश्व बनाउने योजनामा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ४५ बजे

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही