रसुवागढी नाका फेरि बन्द, तत्काल खोल्न कांग्रेसको माग | Khabarhub Khabarhub

रसुवागढी नाका फेरि बन्द, तत्काल खोल्न कांग्रेसको माग


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द भएको छ ।

चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात ठप्प भएको छ ।

कोरोना कहरले एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट बन्द भएको छ ।

रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएकाले दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प भएको छ ।

उनले चिनियाँ भन्सार अधिकारीसँग कुराकानी भएको बताउँदै आयात सुचारु गराउन अझै १० दिन लाग्ने बताए । कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

तत्काल नाका खोल्न माग

यसैबीच नेपाली कांग्रेसले तत्काल सीमा खुलाउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै केरूङ नाकामा आयात-निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसँग माग गरेका छन्।

‘चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

सीमामा कन्टेनर अलपत्र अवस्थामा रहनु दु:खद भएको कांग्रेसको भनाइ छ।

‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ। अतः चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ५६ बजे

नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन

काठमाडौं– नेकपा (एमाले) महासचिव शंकर पोखरेलले राष्ट्रिय  महाधिवेशनको मिति तय

युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह

ब्रसेल्स– युरोपेली सङ्घ (यू) का विदेश मामिला प्रमुख काजा कल्लासले

शैल रूपाखेती जर्मनीका लागि राजदूतमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा जर्मनीका लागि आवासीय राजदूत

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिनामा भयो

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले