रसुवागढी नाका फेरि बन्द, तत्काल खोल्न कांग्रेसको माग « Khabarhub

रसुवागढी नाका फेरि बन्द, तत्काल खोल्न कांग्रेसको माग


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द भएको छ ।

चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात ठप्प भएको छ ।

कोरोना कहरले एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट बन्द भएको छ ।

रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएकाले दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प भएको छ ।

उनले चिनियाँ भन्सार अधिकारीसँग कुराकानी भएको बताउँदै आयात सुचारु गराउन अझै १० दिन लाग्ने बताए । कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

तत्काल नाका खोल्न माग

यसैबीच नेपाली कांग्रेसले तत्काल सीमा खुलाउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै केरूङ नाकामा आयात-निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसँग माग गरेका छन्।

‘चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

सीमामा कन्टेनर अलपत्र अवस्थामा रहनु दु:खद भएको कांग्रेसको भनाइ छ।

‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ। अतः चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ५६ बजे

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि