विद्यालय तहको सबै परीक्षा जेठभित्र सक्ने तयारी « Khabarhub

विद्यालय तहको सबै परीक्षा जेठभित्र सक्ने तयारी


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ का कारण प्रभावित बनेको चालु शैक्षिक सत्रको विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने गरी तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले यस चालु शैक्षिक सत्रलाई जेठमा सक्ने तयारी गरेसँगै यस वर्षको शैक्षिक सत्र दुई महीना लम्बिएको हो ।

शिक्षा पत्रकार समूहले आइतबार गरेको भर्चुअल मिटिङमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विद्यालय तहका सबै परीक्षा जेठ महीनाभित्र सकेर असारबाट नयाँ शैक्षिक सत्र सुरू गर्ने बताए ।

उनले भने, ‘यसका लागि शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गरिएको छ । संशोधित नियमावलीलाई अबको केही दिनभित्र बजेटमा सार्वजनिक गरिने छ ।’

आगामी वर्षको शैक्षिक सत्रलाई दुई महीना छोट्याएर चालु शैक्षिक सत्रलाई जेठसम्ममा लैजाने तयारी भएको उनले बताए ।

यस वर्षको शैक्षिक सत्र दुई महीना लम्ब्याउने र आगामी वर्षको शैक्षिक सत्र १० महीना मात्र सञ्चालन गर्न पनि सकिने उनको धारण रहेको थियो ।

त्यस्तै कोभिड–१९ का कारण अन्यत्र गई पढ्न थालेका विद्यार्थीलाई स्थानान्तरण गर्न सकिने गरी शिक्षा नियमावली संशोधन गरिएको पनि उनले जानकारी दिए ।

सरकारले चालु सरकारको शैक्षिक सत्र अन्त्यको समय सीमा निर्धारण गरेपछि आफूहरुले प्राविधिक तयारी गरेर अन्तिम परीक्षा सञ्चालन गर्न तयार रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताए ।

जेठमा शैक्षिक सत्रको अन्त्य गर्दा विद्यार्थीले चार महीनामा विद्यार्थीले कति पढेर कति सिक्छन् भन्ने कुरालाई पनि ध्यानमा राखेर अन्तिम परीक्षाको टुङ्गो लगाउनुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  २ : ५५ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न