आइतबार सेयर बजार नेप्से ३३ अंकले घट्यो « Khabarhub

आइतबार सेयर बजार नेप्से ३३ अंकले घट्यो


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन सेयर बजार नेप्से ३३ अंकले घटेको छ। आइतबार नेप्से परिसूचक २४९३ अंकमा झरेको हो।

आज २०२ कम्पनीको ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बैंकिङ २०, ब्यापार २३, होटल २५, विकास बैंक १०, जलविद्युत २३, फाइनान्स ११, निर्जीवन बीमा ७७, उत्पादन ४४, अन्य ४५, माइक्रोफाइनान्स ७८ र जीवन बीमा समूह २३३ अंकले घटेका छन्।

समग्र बजार घट्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य १० प्रतिशतले बढेको छ। कम्पनीको मूल्य १० प्रतिशतले बढेर ३७४ रुपैयाँ पुगेको छ। पहिलो कारोबार ३४० रुपैयाँमा भएको थियो। बैंकको आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको हो।

कर्णाली विकास बैंकको मूल्य ७.८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५९१ रुपैयाँ पुगेको छ। त्यस्तै नेको इन्स्योरेन्सको मूल्य ७.४ प्रतिशतले बढेर १६९९ रुपैयाँ पुगेको छ।

सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.२ प्रतिशतले घटेको छ। कम्पनीको मूल्य प्रतिकित्ता १९१९ रुपैयाँ कायम भएको छ। त्यस्तै स्वाभिमान लघुवित्तको मूल्य ९.१ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल बैंकको ३६ करोड रुपैयाँ बराबरको किनबेच भएको छ। नेपाल टेलिकमको २३ करोड १२ लाखको कारोबार भएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ४ : २१ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई