प्रणय दिवसमा डीआरको ‘कफी लभ’ | Khabarhub Khabarhub

प्रणय दिवसमा डीआरको ‘कफी लभ’


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका गीतकार डा. डीआर उपाध्यायको ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक भएको छ ।

प्रणय दिवसको अवसर पारेर राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देललगायतले उपन्यास संयुक्त रुपमा विमोचन गरे ।

उपन्यासमा भारतको देहरादुनको दुन विश्वविद्यालयमा पढ्दै गरेका पाँच नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययनका क्रममा भएका विभिन्न घटना र उनीहरुको आपसी प्रेमलाई प्रस्तुत गरिएको छ ।

कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवनशैली र वर्तमान नेपाली समाजको अवस्थालाई उपन्यासले छर्लङ्ग पारेको दाबी गरे ।

आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । उपन्यास पढ्ने पाठकले आफ्ना कलेज दिन सम्झने उनको भनाई थियो ।

आख्यानकार डा. उपाध्यायले आफूले २४ वर्षको तन्नेरी बनेर उपन्यास लेखेको स्मरण गर्दै पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको र सबै पुस्ता एवम् वर्गको भाव समेटेको बताए ।

कवि हेम प्रभासले तृतीय पुरुषमा लेखिएको उपन्यास संवाद शैलीको भएको बताए । संगीतकार सन्तोष श्रेष्ठले पुस्तक पढ्दा आफुलाई एउटा सफल फिल्म हेरेको महशुस भएको खुलाए ।

पुस्तकका सम्पादक तथा गीतकार, सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेरभन्दा आधा उमेरमा झरेर आख्यानकार उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए ।

शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको २४० पृष्ठको उपन्यासको मूल्य ३ स य७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : १५ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले