प्रणय दिवसमा डीआरको ‘कफी लभ’ « Khabarhub

प्रणय दिवसमा डीआरको ‘कफी लभ’


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका गीतकार डा. डीआर उपाध्यायको ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक भएको छ ।

प्रणय दिवसको अवसर पारेर राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देललगायतले उपन्यास संयुक्त रुपमा विमोचन गरे ।

उपन्यासमा भारतको देहरादुनको दुन विश्वविद्यालयमा पढ्दै गरेका पाँच नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययनका क्रममा भएका विभिन्न घटना र उनीहरुको आपसी प्रेमलाई प्रस्तुत गरिएको छ ।

कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवनशैली र वर्तमान नेपाली समाजको अवस्थालाई उपन्यासले छर्लङ्ग पारेको दाबी गरे ।

आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । उपन्यास पढ्ने पाठकले आफ्ना कलेज दिन सम्झने उनको भनाई थियो ।

आख्यानकार डा. उपाध्यायले आफूले २४ वर्षको तन्नेरी बनेर उपन्यास लेखेको स्मरण गर्दै पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको र सबै पुस्ता एवम् वर्गको भाव समेटेको बताए ।

कवि हेम प्रभासले तृतीय पुरुषमा लेखिएको उपन्यास संवाद शैलीको भएको बताए । संगीतकार सन्तोष श्रेष्ठले पुस्तक पढ्दा आफुलाई एउटा सफल फिल्म हेरेको महशुस भएको खुलाए ।

पुस्तकका सम्पादक तथा गीतकार, सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेरभन्दा आधा उमेरमा झरेर आख्यानकार उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए ।

शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको २४० पृष्ठको उपन्यासको मूल्य ३ स य७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : १५ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली