ललिता निवास जग्गा प्रकरण : प्रमाण झिकाउन सर्वोच्चको आदेश « Khabarhub

ललिता निवास जग्गा प्रकरण : प्रमाण झिकाउन सर्वोच्चको आदेश


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलगायतलाई भ्रष्टाचार मुद्दा चलाउन सकिने वा नसकिनेबारे निर्णय गर्न प्रमाण उपलब्ध गराउने आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय डा आन्दनमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणका बारेमा प्रमाण उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग नाममा उक्त आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २०७६ माघमा दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले विशेष अदालतले मुद्दा किनारा लगाउने प्रक्रिया अघि बढाइसकेको छ ।

यही मुद्दामा मुछिएका अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित तीनजना पुर्पक्षका लागि थुनामा पठाउन विशेषले आदेश गरिसकेको छ ।

तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, बस्न्यात, पूर्वमन्त्रीहरू छविराज पन्त, चन्द्रदेव जोशीलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : २८ बजे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई