भालुको पित्तसहित पक्राउ « Khabarhub

भालुको पित्तसहित पक्राउ


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको भालुको पित्तसहित सङ्खुवासभा चिचिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाइछिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बरामद भालुको पित्त प्रतिग्राम रु २५ हजारका दरले बिक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : २८ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न