मुख्यमन्त्री कप भलिबल फागुन ४ देखि हुँदै, विजेतालाई २ लाख पुरस्कार « Khabarhub

मुख्यमन्त्री कप भलिबल फागुन ४ देखि हुँदै, विजेतालाई २ लाख पुरस्कार


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता फागुन ४ गतेदेखि पोखरामा हुने भएको छ ।

पोखरा रंगशालामा फागुन ४ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजक कास्की जिल्ला भलिबल संघले जानकारी दिएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले बताए । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ लगतयका १० जिल्लाको सहभागिता रहने उनले बताए ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी उपबिजेता दुबैले नगद १–१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक भलिबल संघले जनाएको छ ।

प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५–५ हजार र उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ लाईसमेत नगद ५–५ हजार पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : ३० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा