ओलीले आफू र प्रचण्डलाई ‘गिरफ्तार’ गर्ने योजना बुनेको नेता नेपालको आरोप  « Khabarhub

ओलीले आफू र प्रचण्डलाई ‘गिरफ्तार’ गर्ने योजना बुनेको नेता नेपालको आरोप 


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधनमन्त्री केपी ओलीको ‘तानाशाही प्रवृत्ति’ धेरै दिन नटिक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा भएको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत पक्राउ गर्ने योजना बनाएको आरोप लगाउँदै रामकुमारी झाँक्रीलाई पक्राउ गरेर मुटु छामेको टिप्पणी गरे ।

‘केपी ओलीले रामकुमारी झाँक्रीलाई समातेर मुटु छामेका हुन्,’ नेपालले भने,‘त्यसपछि म र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ ।’ उनले भने ।

आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्दै सूर्य चिन्ह आफूले नै पाउने बताए । उनले दुवै समूहलाई सुर्य चिन्ह नदिने सम्मको योजना बनाइएको भन्दै यस विषयमा चुपचाप लागेर नबस्ने चेतावनी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो ।

अध्यक्ष नेपालले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको समेत आरोप लगाए ।

‘मुलुकका सारा समस्यामा छलफल गरौ भन्यो सुन्दैनन्, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौँ भन्ने हो’ अध्यक्ष नेपालले भने ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : ११ बजे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई