भारतीय प्रधानमन्त्री मोदी अन्तर्राष्ट्रिय सेराविक उर्जा अवार्डबाट  सम्मानित « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी अन्तर्राष्ट्रिय सेराविक उर्जा अवार्डबाट  सम्मानित


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्तर्राष्ट्रिय सेराविक उर्जा तथा पर्यावरण अवार्डले सम्मानित भएका छन् ।

सूचना सेवा कम्पनी आईएच्एस् मार्किटले बार्षिक रुपमा आयोजना गर्ने अन्तर्राष्ट्रिय सेराविक उर्जा तथा पर्यावरण अवार्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मानित गरिएको द हिन्दुले जनाएको छ ।

यो वर्षको सेराविक सम्मेलन यही मार्च १ देखि ५ सम्म भर्चुअल रुपमा सम्पन्न भएको थियो ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु सम्बन्धी प्रतिनिधि जोन केरी, अर्बपति ब्यापारी बिल गेट्स र मेलीन्दा गेट्स फाउन्डेसनका उपप्रमुख साउदी अराम्को, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न क्षेत्रका प्रख्यात व्यत्तित्वहरु सहभागी थिए ।

भारतमा दिगो बिकास र उर्जाका लागि प्रधानमन्त्री मोदीको नेतृत्वलाई सम्मान स्वरुप सेराविक उर्जा तथा पर्यावरण नेतृत्वको अवार्डले सम्मानित गरेको आयोजक कम्पनीका उपप्रमुख ड्यानीयल यर्गीनले बताए ।

आर्थिक विकास, गरिबी निवारण र उर्जाको क्षेत्रमा भारतले उल्लेखनीय भूमिका खेलीरहेको उनले टिप्पणी गरे । सेराविक अन्तर्राष्ट्रिय सम्मेलनमा उर्जा क्षेत्रका नेतृत्व, विज्ञ, प्राविधिक क्षेत्रका विज्ञ, आर्थिक तथा औद्योगिक समुदाय, सरकारी अधिकारी, नीति निर्माता लगायतका महत्वपुर्ण व्यात्तित्वहरु सहभागी हुने गर्दछन् ।

स्रोतः द हिन्दु ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ५५ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल