माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, एमालेमा लागेका नेतालाई कारबाही हुँने « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, एमालेमा लागेका नेतालाई कारबाही हुँने


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकले एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरणबारे अहिलेसम्म भएका प्रगति र आगामी रणनीतिबारे छलफल हुने नेता शिवकुमार मण्डलले जानकारी दिए ।

केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

माओवादीबाट गृहमन्त्री बनेका रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिंचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर माओवादीका सात मन्त्रीसहित २३ जना प्रचण्डसँग बस्न नसकिने भन्दै शुक्रबार नै एमालेमा प्रवेश गरिसकेका छन् ।

एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई माओवादी केन्द्रले  पार्टी त्याग गरेको हो कि हैन भन्दै प्रष्टिकरण दिन पत्र पठाइसकेको छ ।

पत्र पठाएर औपचारिकता पूरा गरेको माओवादीले उनीहरूलाई कारबाही गर्दै पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य भएका उनीहरूलाई पार्टीले हटाइसक्दा राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार सांसद स्वतः जानेछ ।

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ९ : १० बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय