माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, एमालेमा लागेका नेतालाई कारबाही हुँने « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, एमालेमा लागेका नेतालाई कारबाही हुँने


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकले एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरणबारे अहिलेसम्म भएका प्रगति र आगामी रणनीतिबारे छलफल हुने नेता शिवकुमार मण्डलले जानकारी दिए ।

केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

माओवादीबाट गृहमन्त्री बनेका रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिंचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर माओवादीका सात मन्त्रीसहित २३ जना प्रचण्डसँग बस्न नसकिने भन्दै शुक्रबार नै एमालेमा प्रवेश गरिसकेका छन् ।

एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई माओवादी केन्द्रले  पार्टी त्याग गरेको हो कि हैन भन्दै प्रष्टिकरण दिन पत्र पठाइसकेको छ ।

पत्र पठाएर औपचारिकता पूरा गरेको माओवादीले उनीहरूलाई कारबाही गर्दै पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य भएका उनीहरूलाई पार्टीले हटाइसक्दा राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार सांसद स्वतः जानेछ ।

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ९ : १० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय