युवक मृत फेला « Khabarhub

युवक मृत फेला


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की छन् ।

कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए ।

‘रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन’, उनले भने, ‘नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ ।’

गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ९ : ५५ बजे

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार

‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म

काठमाडौं – नायिका आँचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको