गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा « Khabarhub

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंकले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ ।

मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो । कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए ।

No description available.

यस्तै, गागलफेदी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन केसी (खड्का)ले क्यूआर कोड सुविधाको ब्यवस्था गरेकोमा मेगा बैंकलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी ब्यवस्थाको प्रयोगले यातायात संचालक तथा यात्रुहरु दुबैलाई सहज हुने बताए ।

कार्यक्रममा गागलफेदी यातायात प्रालिका संचालकहरु बद्रिबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य शेयरधनीहरुको उपस्थिति थियो । गागलफेदी यातायातले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।

नगदरहित भुक्तानी ब्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरुप मेगा बैंकले देशभरका बिभिन्न सेवामुलक क्षेत्रमा क्यूआर कोड सुविधाबाट भुक्तानी गर्ने ब्यवस्थालाई प्राथमिकता दिँदै आएको छ ।

No description available.

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : ३६ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने