माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक जारी रहेको नेता गणेश साहले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो।

नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

यसअघि शनिबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

ओली सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई फिर्ता हुन माओवादीले निर्देशन दिएको हो।

बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ।

बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका हाम्रो पार्टीका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको नेता लिलामणी पोखरेलले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : २८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका