माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक जारी रहेको नेता गणेश साहले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो।

नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

यसअघि शनिबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

ओली सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई फिर्ता हुन माओवादीले निर्देशन दिएको हो।

बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ।

बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका हाम्रो पार्टीका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको नेता लिलामणी पोखरेलले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : २८ बजे

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला

काठमाडौं– ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन

सर्वोच्चको फैसलाबाट पक्राउ पर्ने छैनन् प्रचण्ड र बाबुराम

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले सशस्त्र द्वन्द्वकालमा माओवादीबाट बालसैनिकको रूपमा

गोर्खाली सैनिकबारे परराष्ट्रमन्त्री खनालसँग वार्ता गर्ने बेलायती रक्षामन्त्रीद्वारा राजीनामा

काठमाडौं– बेलायती रक्षामन्त्री जोन हेलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री

सरकारी अस्पतालमा बिरामीका भार

चितवन– यहाँस्थित दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल

‘वालेन्द्रसँग भारत सन्तुष्ट छैन, रविलाई सरकारको नेतृत्वमा ल्याउन चाहन्छ’

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता टिकाउनका लागि