उद्योग सङ्गठन मोरङको अध्यक्षमा प्याकुरेल « Khabarhub

उद्योग सङ्गठन मोरङको अध्यक्षमा प्याकुरेल


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- सुयश प्याकुरेलको अध्यक्षतामा उद्योग सङ्गठन मोरङको १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

सङ्गठनको शनिबार सम्पन्न ४८औँ साधारणसभाले १७औँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष प्याकुरेल सर्वसम्मतिबाट चयन भएका हुन् ।

विसं २०२४ मा उद्योगी जुद्धबहादुर श्रेष्ठ संस्थापक अध्यक्ष भएर स्थापित सङ्गठनको कार्यसमिति १७ सदस्यीय हुने प्रावधान छ । कम्तीमा एक महिलासहित तीन सदस्य अध्यक्षले मनोनयन गर्ने छन् ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका तथा उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल एवं कोषाध्यक्षमा विपीन काबरा निर्विरोध छानिएका छन् ।

सदस्यमा सुरेन्द्र गोल्छा, सुदीप घिमिरे, तारानाथ निरौला, सौरभ शारडा, सुबोध कोइराला, इन्द्र खत्री राजन, पारस लनियाँ र सुनिलकुमार धनावत सर्वसम्मतिले निर्वाचित भएको सङ्गठनले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ४५ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल