छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापा, धनुषा, दार्चुला, महोत्तरी र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

झापा, बाह्रदशी गाउँपालिका-५ कनकन मार्गस्थित सडकमा मे११प ८४५१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४३ वर्षीया कलसावती राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका-८ बडहरी पुलस्थित सडकमा ना८ख ७२२२ नम्बरको टिपरले प्रदेश २-०३-००१ स ५४७५ नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिँदा अटो चालक महोत्तरी बर्दिबास नगरपालिका-१ देउराली टोल बस्ने ४५ वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दार्चुला, लेकम गाउँपालिका-६ गणेत स्थानस्थित सडकमा प्र.०१००२ त ४८३५ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय अशोक खत्रीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशला नगरपालिका-९ बिसहरपुरस्थित बाबा इँटाभट्टा नजिकै ज१२ प ४९१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका कुवारामपुर बस्ने ३० वर्षीय महेश मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय पोलिक्लिनिक गौशालातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा बा.१३ च ६६७६ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको चौराह अस्पताल प्रालि बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ५७ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित