झापा- स्थानीय खाद्य परिकारको व्यवसायिकरण र पर्यटन प्रवद्र्धनका लागि सातौं दमक फुड फेष्टिबल सकिएको छ ।
हरेक वर्ष होटल व्यवसायी संघ दमकले आयोजना गर्दै आएको फुडफेष्टिबलको सातौं संस्करण आगामी फागुन २३ देखि शुरू भएको थियो ।
कोरोनाका कारण लामो समय थला परेको होटल तथा पर्यटन व्यवसायलाई गति दिन फेष्टिबल आयोजना गरिएको संघका अध्यक्ष राजन दंगालको भनाइ छ ।
फेष्टिव आयोजक समितिका संयोजक भुपेन्द्रप्रसाद न्यौपानेका अनुसार फेष्टिबलमा स्थानीय किसानले उत्पादन गरेका कृषि उपजदेखि विभिन्न जात जातिका परम्परागत खाद्य परिकारहरुको स्टल राखिएको थियो ।
फेष्टिबलमा कलाकारहरुले दैनिक प्रस्तुति दिएका थिए ।
कार्यक्रम समापनको अवसरमा पत्रकार टीकाराम उप्रेतीलाई दमक पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरियो । संघले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया