चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ : प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ : प्रधानमन्त्री ओली (भिडियोसहित)


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताभन्दा आफ्नो स्वार्थमा लाग्ने प्रवृत्ति बढ्दै गर्दा पनि सरकारले विकास निर्माणमा छलाङ मारेको दाबी गरेका छन्।

प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने, ‘हाम्रो देश विकासित नहुने देश होइन, ५ वर्षभित्र हामीले लगभग दिगो विकासका लक्ष्य पूरा गर्न सक्छौँ।’

दिगो विकासको मापदण्ड २०३० भन्दा अगाडि नै पूरा हुने उनले बताए। ‘हामीसँग धेरै सम्भावना छ, देशलाई सामाजिक र भौतिक विकासको उचाइलाई माथि उठाएका छौँ, चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ,’ उनले भने।

विरोधका लागि विरोध गर्नेहरूले विकास निर्माणका काम रोकेको उनले आरोप लगाए।

आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका छन् ।

हेरौँ भिडियो

सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी यसअघि नै भइसकेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उक्त कार्यक्रमको कूल लागत भने करिव २ खर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १ : ५८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका