एन्फा प्रेसिडेन्ट कप भोलिदेखि, विजेताले १० लाख रुपैयाँ पाउने « Khabarhub

एन्फा प्रेसिडेन्ट कप भोलिदेखि, विजेताले १० लाख रुपैयाँ पाउने


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भोलिदेखि बाँकेमा आयोजना हुने एन्फा प्रेसिडेन्ट कपको सम्पूर्ण तयारी पुरा भएको छ ।

एन्फाले आईतबार पत्रकार सम्मेलको आयोजना गर्दै प्रतियागिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

आयोजक एन्फाले प्रतियोगिताको तयारी पूरा भएसँगै प्रतियोगिताको पुरस्कार रकमसमेत घोषणा गरेको छ ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले पाँच लाख हात पार्ने छ ।

सात प्रदेशका लिग च्याम्पियन टिमबीच खेलिने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र फेयर प्ले टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।

यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन(धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब(लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब(जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब(कैलाली), लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके), प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब(झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब(रौतहट) ले प्रतिस्पर्धा गर्नेछन् ।

१५ गतेसम्म चल्ने प्रतियोगिताका शीर्ष चार टिमले राष्ट्रिय लिग खेल्न पाउनेछन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  २ : ११ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले