एन्फा प्रेसिडेन्ट कप भोलिदेखि, विजेताले १० लाख रुपैयाँ पाउने « Khabarhub

एन्फा प्रेसिडेन्ट कप भोलिदेखि, विजेताले १० लाख रुपैयाँ पाउने


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भोलिदेखि बाँकेमा आयोजना हुने एन्फा प्रेसिडेन्ट कपको सम्पूर्ण तयारी पुरा भएको छ ।

एन्फाले आईतबार पत्रकार सम्मेलको आयोजना गर्दै प्रतियागिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

आयोजक एन्फाले प्रतियोगिताको तयारी पूरा भएसँगै प्रतियोगिताको पुरस्कार रकमसमेत घोषणा गरेको छ ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले पाँच लाख हात पार्ने छ ।

सात प्रदेशका लिग च्याम्पियन टिमबीच खेलिने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र फेयर प्ले टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।

यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन(धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब(लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब(जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब(कैलाली), लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके), प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब(झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब(रौतहट) ले प्रतिस्पर्धा गर्नेछन् ।

१५ गतेसम्म चल्ने प्रतियोगिताका शीर्ष चार टिमले राष्ट्रिय लिग खेल्न पाउनेछन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  २ : ११ बजे

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा