कृषि फार्ममा आगलागी हुँदा ९ लाखको क्षति « Khabarhub

कृषि फार्ममा आगलागी हुँदा ९ लाखको क्षति


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तीनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ ।

स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको छ ।

आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्मभित्र रहेको चार वटा भैँसी र दुई वटा बोकासमेत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

आगलागीमा परेर फार्म सञ्चालक अमरबहादुर कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । फार्ममा लागेको आगो निभाउने क्रममा कार्कीको पछाडिको भाग पूरै र अगाडिको भाग सामान्य जलेर क्षति भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

सोही घटनामा परेर हरिबहादुर खत्री सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते कार्कीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

स्थानीवासी, वारुणयन्त्रण र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना