भारत–पाकिस्तानबीच युद्धविरामको निर्णयप्रति संयुक्त राष्ट्रसंघ उत्साहित « Khabarhub

भारत–पाकिस्तानबीच युद्धविरामको निर्णयप्रति संयुक्त राष्ट्रसंघ उत्साहित


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटर्सले भारत र पाकिस्तानबीच भएको युद्धविरामको निर्णयप्रति खुशी व्यक्त गरेका छन् ।

भारत र पाकिस्तानबीच काश्मीरस्थित नियन्त्रण रेखामा युद्धविराम गर्ने यसअघि भएका सबै सहमतिहरु कार्यन्वयन गर्ने घोषणा गरेसंगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटर्स उत्साहित भएका हुन्।

दुई देशबीचको युद्धविरामले सकारात्मक कदम लिने र आपसी संवाद कायम गर्ने गुटर्सले विश्वास व्यक्त गरेका छन् ।

केही समयअघि भारत र पाकिस्तानी सेनाले फेब्रुअरी २५ बाट लागू हुने गरी काश्मीर नियन्त्रण सीमामा युद्धविराम गर्ने संयुक्त घोषणा गरेका थिए। पारस्पारिक चासोको बिषयमा स्वतन्त्र, खुला र सौहार्दपूर्ण तरिकाले छलफल गर्ने विज्ञप्तिमा उल्लेख गरिएको थियो।

अमेरिकाले पनि भारत र पाकिस्तानको पछिल्लो कदमलाई सकरात्मक कदमको रुपमा लिएको र यो कदमले दक्षिण एसियामा स्थायित्व र शान्ति कायम गर्ने आशा व्यक्त गरेको जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ३० बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल