माओवादी केन्द्रले गर्‍यो मन्त्रीहरुलाई फिर्ता बोलाउने स्थायी कमिटीको निर्णय अनुमोदन (भिडियोसहित) | Khabarhub Khabarhub

माओवादी केन्द्रले गर्‍यो मन्त्रीहरुलाई फिर्ता बोलाउने स्थायी कमिटीको निर्णय अनुमोदन (भिडियोसहित)


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ ।

बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन गर्दै नेकपा एमालेतिर गएका नेताहरूलाई कारबाहीका लागि औपचारिक पत्र पठाउने निर्णय गरेको हो ।

अनुशासनको कारबाही अन्तर्गत पार्टीको केन्द्रीय कार्यालयले २४ घण्टाभित्र स्पष्टीकरण सोधेकोमा त्यसको जवाफ नआएपछि औपचारिक रुपमा पत्र पठाउने निर्णय भएको हो ।

पार्टी छाडेको हो/होइन भनेर स्पष्ट गर्न माओवादी केन्द्रले नेताहरुलाई भनेको छ ।

कारबाही प्रक्रिया अघि बढाउने भनिएपनि कानुनी प्रश्नसमेत उठ्न सक्ने भएकाले विधि पुर्‍याउन औपचारिक पत्र पठाउन लागिएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

हेरौँ भिडियो

पार्टीका तर्फबाट मन्त्री पदमा भएकाहरुलाई राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाउने निर्णय पनि भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि, शनिबार पार्टीको केन्द्रीय कार्यालयले पनि मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

यसैबीच, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने भइनसकेको प्रवक्ता श्रेष्ठले बताए । आइतबारबाट शुरू भएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । भोलिको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आ–आफ्नो भनाइ राख्ने कार्यसूची छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ३९ बजे

डडेल्धुरा जिल्ला कारागारबाट भागेका कैदी खीजीमा नेपाली सेना

काठमाडौं– डडेल्धुरा जिल्ला कारागारबाट भागेका कैदीहरूलाई नेपाली सेनाले खोजी गरिरहेको

सेनाद्वारा लुटपाटमा संलग्न ४ जना पक्राउ र ३२ नाल हतियार बरामद 

काठमाडौं– नेपाली सेनाले बुधबार महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न

एमाले सांसद पदम गिरीले भने : जेन-जीको उद्देश्य पवित्र थियो, स्वार्थी समूहले भड्काए

काठमाडौँ – मंगलबारको राजनीतिक उथलपुथलपछि नेकपा (एमाले) का सांसद पदम

‘वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठन हुनुपर्छ’

काठमाडौं – नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा

रोकिएन जेन-जीका नाममा लुटपाट, भाटभटेनीमा पसेका चारजना समातिए, भागेका २६ कैदी नियन्त्रणमा

काठमाडौँ- मंगलबार देशभर भएको विध्वंशपछि पनि लुटपाट रोकिएको छैन। बुधबार