८ वर्षीय बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ « Khabarhub

८ वर्षीय बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङमा सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो ।

बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेकोछ ।

प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ । प्रहरीले दिएको जानकारी अनुसार घटना शुक्रबार दिउँसो करिब ३ बजेतिरको हो ।

सुस्तमनस्थितिकी बालिका बोल्न सक्दिनन् । घाँस काट्न उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको हो । पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ५४ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर