साताको पहिलो दिन ५१.२३ अंकले घट्यो नेप्से « Khabarhub

साताको पहिलो दिन ५१.२३ अंकले घट्यो नेप्से


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से परिसूचक ५१.२३ अंकले घटेको छ। आज २.०८ प्रतिशतले परिसूचक घटेर २४०७.२५ अंकमा कायम भएको छ। आइतबार २११ वटा कम्पनीको ९९ लाख ३ हजार ७ सय कित्ता सेयर ६० हजार ९७३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज होटल तथा पर्यटन र जलविद्युत समूहको उपसूचक क्रमशः ६१.१२ र ४७.८२ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४५३.९ अंक र निर्जीवन बीमा समूहको उपसूचक ३७४.५३ अंकले घटेको छ।

त्यस्तै, बैंकिङ समूह ३२.३३, व्यापार समूह २१३.१६, विकास बैंक समूह ३७.८४, वित्त समूह १८.८९ र उत्पादन समूह ९६.३४ अंकले घटेको छ। लघुवित्त, लगानी र अन्य समूह क्रमशः ९०.६८, २.५६ र ९६.३६ अंकले घटेको छ।

आज कारोबार रकम र कारोबार संख्याको आधारमा माथिल्लो तामाकोशी अग्रस्थानमा देखिएको छ। माथिल्लो तामाकोशीको ७ लाख १ हजार कित्ता खरिद बिक्री हुँदा ४४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।गिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका ९.८६ अंकले घटेको छ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ४० बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक