सिरहा बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो | Khabarhub Khabarhub

सिरहा बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइयो


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा–  सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोट घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर बम विस्फोट घटनाको जिम्मा लिएका हुन् ।

तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहाको लहान नगरपािलका अन्तर्गत रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम कारबाही स्वरुप विस्फोट गराइएको अध्यक्ष गोइतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘भ्रष्टाचार जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारबाही गर्ने’ जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज दिउँसो भएको बम विस्फोटमा परेर मालपोत कार्यालयका नायब सुब्बासहित ८ जना घाइते भएका छन् ।

यस्तो छ विज्ञप्ति

गम्भीर घाइतेलाई काठमाडौँ ल्याइयो

बम विस्फोटमा परी गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

बम विस्फोटमा गम्भीर घाइते भएका दिनेश कुमार भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौँ  ल्याइएको हो ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर पनि घाइते भएका छन् ।

बमको छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्री नारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बम विष्फोटपछि आगलागी हुँदा कार्यालयको कागजात जलेको प्रहरीले बताएको छ । आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए । यादव उक्त समुहमा गोइतपछिका दोस्रो वरियताका कमाण्डर थिए।

यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : २३ बजे

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले

सेनाको गेटमा जेन-जीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला (तस्बिरहरू)

काठमाडौँ- पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर

कांग्रेस लुम्बिनीले भन्यो- पार्टी नेतृत्व जवाफदेही र लोकतान्त्रिक हुनु पर्‍यो

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनीले मुलुकमा पछिल्लो विकसित घटनाक्रमले पार्टी नेतृत्व

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह