ओलीका निर्णयलाई मान्यता नदिनू भन्दै नेपाल समूहले बुझायो आयोगमा पत्र (पूर्णपाठसहित) « Khabarhub

ओलीका निर्णयलाई मान्यता नदिनू भन्दै नेपाल समूहले बुझायो आयोगमा पत्र (पूर्णपाठसहित)


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णयलाई मान्यता नदिन मागसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेका विधानसम्मत नभएको भन्दै नेपाल समूहले आयोगलाई पत्र बुझाएको हो ।

पत्रमा स्थायी कमिटीका ११ सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।

‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ । केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा (एमाले) को विधि, पद्धति र अभ्यास रहँदै आएको छ । त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकूल ठहरिँदैनन् । सर्वोच्च अदालतको फैसलाबाट झन्डै तीन वर्षपश्चात् नेकपा (एमाले) यथावत् पुनर्जीवित भएकाले त्यसले पार्टीका पद्धतिसंगत बैठकहरु क्रमशः आयोजना गरी आफूलाई पुनः क्रियाशील तुल्याउनुपर्ने कुरा स्पष्ट छ ।’ पत्रमा भनिएको छ ।

यस्तो छ नेपाल समूहले आयोगमा बुझाएको पत्र

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : २८ बजे

फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा

भोजपुर– फौजी कीराले मकैबालीमा क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तामा परेका

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला

काठमाडौं– ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन

सर्वोच्चको फैसलाबाट पक्राउ पर्ने छैनन् प्रचण्ड र बाबुराम

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले सशस्त्र द्वन्द्वकालमा माओवादीबाट बालसैनिकको रूपमा

गोर्खाली सैनिकबारे परराष्ट्रमन्त्री खनालसँग वार्ता गर्ने बेलायती रक्षामन्त्रीद्वारा राजीनामा

काठमाडौं– बेलायती रक्षामन्त्री जोन हेलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री

सरकारी अस्पतालमा बिरामीका भार

चितवन– यहाँस्थित दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल