सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल « Khabarhub

सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : वरिष्ठ नेता पौडेल


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन् ।

कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आज जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, ‘‘लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ ।”

कांग्रेसले आफ्नो सिद्धान्त र एजेण्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेण्डा बोकेर कम्युनिष्टले दुई तिहाइ नजिकको मत ल्याएको नेता पौडेलले जिकिर गरे ।

“गम्भीर समीक्षा गर्नुपर्छ, हामीले हाम्रो सिद्धान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौँ र ठीकसँग जनतालाई बुझाउन पनि सकेनौँ, त्यसले हामी गुपचुमा बस्नु हुँदैन्”, नेता पौडेलले भने ।

उनले कांग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै किसानको पार्टी र श्रमिकको साथि कांग्रेस नै भएको ठोकुवा गरे ।

कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको नेता पौडेलको भनाइ थियो ।

“कांग्रेसले समयमै ढुलमुल नगरेको भए सङ्घीयसँगै वाग्मती र प्रदेश–१ का सरकार ढाल्न सकिन्थ्यो तर त्यो अवसर फुत्कियो”, नेता पौडेलले भने ।

कांग्रेसले आफू निर्णायक बन्ने अवसर गुमाएको बताउँदै उनले पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : ३० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय