हत्या अभियोगमा युवक पक्राउ « Khabarhub

हत्या अभियोगमा युवक पक्राउ


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको ५७ दिनपछि हत्या अभियोगमा एक युवकलाई आज सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै गुल्मीदरबार गाउँपालिका–१ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई सार्वजनिक गरेको हो ।

घर्तीलाई गत माघ १० गते जङ्गलमा शिकार खेल्ने क्रममा रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्या गरेको अभियोगमा आज प्रहरीले सार्वजनिक गरेको हो ।

गत माघ ३ गते बिहान घरबाट घाँस काट्न भनी जङ्गल गएका विक रेसुङ्गा नगरपालिका–१ बलिथुमस्थित औरबीखोलामा दिउँसो २ बजे छातीमा बन्दुक लागेको अवस्थामा मृत फेला परेका थिए ।

अनुसन्धानका क्रममा हत्याका अभियुक्त घर्तीले विकलाई शिकार खेल्ने क्रममा झुक्किएर बन्दुकले लागेको प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

प्रहरीले उक्त घटनामा प्रयोग गरिएको भरुवा बन्दुकसमेत आज बिहान जङ्गलमा तीन टुक्रा पारी छुट्टाछुट्टै स्थानमा लुकाइराखेको अवस्थामा बरामद गरेको थियो ।

जिल्लामा पछिल्लो समयमा आपराधिक घटनाहरु बढ्दै गएको र प्रहरीले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप खेप्दै आएको अवस्थामा घटनामा संलग्नलाई पक्राउ गर्नुले नागरिकहरूमा ढिलै भए पनि केही मात्रमा सुरक्षाको अनुभूति थपिएको बताइएको छ ।

मृतककी विककी श्रीमती गीता विकले ढिलै भए पनि अनुसन्धान गरी दोषीलाई पक्राउ गरेकामा राहत महसुस भएको बताए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ४५ बजे

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

सिड्नी- अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा

सरकारी सूचनामा सरकारी सञ्चारमाध्यम मात्र प्रयोग गर्ने निर्णयविरुद्ध पत्रकार महासंघको धर्ना

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा