सिरियामा एक दशकको युद्धमा तीन लाख ८८ हजार भन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

सिरियामा एक दशकको युद्धमा तीन लाख ८८ हजार भन्दा बढीको मृत्यु


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरूत– सिरियामा एक दशक पहिले शुरू भएको गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ८८ हजार ६५२ पुगेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार बताएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको तथ्याङ्कअनुसार द्वन्द्वका कारण एक लाख १७ हजार ३८८ नागरिकको मृत्यु भएको र तीमध्ये २२ हजारभन्दा बढी बालबालिका रहेका छन् ।

सिरियाली सत्ताधारी समूह र सहयोगी सैन्य लडाकूले गरेको आक्रमणमा अधिकांश नागरिकको मृत्यु भएको मानब अधिकारवादी संस्थाले बताएको छ ।

संस्थाले गत डिसेम्बरमा उपलब्ध गराएको तथ्याङ्कमा सिरियामा गृहयुद्धमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार रहेको थियो ।

सन् २०२० मा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या युद्ध सुरू भएपछिको करिब एक दशकको अवधिमा सबैभन्दा कम रहेको संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए ।

यो वर्षको उत्तरपश्चिमी सिरियामा युद्धविराम भएको कारण रूपमा युद्धका घटनामा कमी आएको र उक्त समय विश्वव्यापी महामारीका कारण सिरियामा पनि यस प्रकारका गतिविधि कम भएको बताइएको छ ।

सन् २०११ मा सरकारविरोधी प्रदर्शनमाथि क्रुर दमनपछि द्वन्द्व थप चर्किएको र कारागार र नजरबन्द तथा हिरासतमाहरूमा कम्तिमा १६ हजार व्यक्तिको मृत्यु भएको अभिलेख सरकारको रहेको छ ।

यद्यपि मानव अधिकारवादी संस्थाहरूले उक्त सङ्ख्याभन्दा निकै बढी अर्थात् ८८ हजार मानिसहरूले सरकारी जेल तथा हिरासतमा ज्यान गुमाएको दावी गरेका छन् ।

सन् २०१५ पछि रूसी सहयोगमा बसर अल असदको नेतृत्व रहेको सरकारले विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त बनाएपछि अहिले सरकारको नियन्त्रणमा ६० प्रतिशत भूभाग रहेको तथ्याङ्क रहेको बताइने गरिएको छ ।

उत्तर प्रदेशको इदलिबको अन्तिम विद्रोही क्षेत्र, उत्तरी सिमानामा टर्कीले नियन्त्रण गरेका क्षेत्रहरू र युएस समर्थित कुर्दिश सेनाको नियन्त्रणमा रहेको देशको उत्तरपूर्वी भागहरू सरकारको पहुँचभन्दा बाहिरको क्षेत्रहरू हुन् ।

युद्धले मुलुकको आधा भन्दा बढी जनसंख्यालाई आफ्नो घर छोड्न बाध्य तुल्याएको छ । युद्ध अनुगमनकारी संस्थाका अनुसार सिरियामा लगभग दुई लाख मानिस वेपत्ताको सूचीमा रहेका छन् ।

–एएफपी

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : १५ बजे

भाटभटेनीबाट काजुदेखि ब्रान्डेड मदिरासमेत चोरियो, दोलखाका युवा भक्तपुरबाट पक्राउ

काठमाडौं- यही वैशाख २० गते काठमाडौं महानगरपालिका-५ नक्सालस्थित भाटभटेनी सुपर

एकीकृत समाजवादीले दोस्रो चरणको आन्दोलन थाल्ने

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम तयार

आजका समाचार : रहेनन् वामनेता प्रदीप नेपाल, नीति तथा कार्यक्रमलाई सांसदकै बेवास्ता र अमेरिकामै भन्सार नीतिको विरोध

‘गभर्नर नियुक्ति ओलीका कारण अल्झिएको होइन, कांग्रेसलाई दिने सहमति भइसकेको

ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनएलाई मन्त्री खड्काको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानी

सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको