सिरियामा एक दशकको युद्धमा तीन लाख ८८ हजार भन्दा बढीको मृत्यु « Khabarhub

सिरियामा एक दशकको युद्धमा तीन लाख ८८ हजार भन्दा बढीको मृत्यु


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरूत– सिरियामा एक दशक पहिले शुरू भएको गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ८८ हजार ६५२ पुगेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार बताएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको तथ्याङ्कअनुसार द्वन्द्वका कारण एक लाख १७ हजार ३८८ नागरिकको मृत्यु भएको र तीमध्ये २२ हजारभन्दा बढी बालबालिका रहेका छन् ।

सिरियाली सत्ताधारी समूह र सहयोगी सैन्य लडाकूले गरेको आक्रमणमा अधिकांश नागरिकको मृत्यु भएको मानब अधिकारवादी संस्थाले बताएको छ ।

संस्थाले गत डिसेम्बरमा उपलब्ध गराएको तथ्याङ्कमा सिरियामा गृहयुद्धमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार रहेको थियो ।

सन् २०२० मा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या युद्ध सुरू भएपछिको करिब एक दशकको अवधिमा सबैभन्दा कम रहेको संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए ।

यो वर्षको उत्तरपश्चिमी सिरियामा युद्धविराम भएको कारण रूपमा युद्धका घटनामा कमी आएको र उक्त समय विश्वव्यापी महामारीका कारण सिरियामा पनि यस प्रकारका गतिविधि कम भएको बताइएको छ ।

सन् २०११ मा सरकारविरोधी प्रदर्शनमाथि क्रुर दमनपछि द्वन्द्व थप चर्किएको र कारागार र नजरबन्द तथा हिरासतमाहरूमा कम्तिमा १६ हजार व्यक्तिको मृत्यु भएको अभिलेख सरकारको रहेको छ ।

यद्यपि मानव अधिकारवादी संस्थाहरूले उक्त सङ्ख्याभन्दा निकै बढी अर्थात् ८८ हजार मानिसहरूले सरकारी जेल तथा हिरासतमा ज्यान गुमाएको दावी गरेका छन् ।

सन् २०१५ पछि रूसी सहयोगमा बसर अल असदको नेतृत्व रहेको सरकारले विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त बनाएपछि अहिले सरकारको नियन्त्रणमा ६० प्रतिशत भूभाग रहेको तथ्याङ्क रहेको बताइने गरिएको छ ।

उत्तर प्रदेशको इदलिबको अन्तिम विद्रोही क्षेत्र, उत्तरी सिमानामा टर्कीले नियन्त्रण गरेका क्षेत्रहरू र युएस समर्थित कुर्दिश सेनाको नियन्त्रणमा रहेको देशको उत्तरपूर्वी भागहरू सरकारको पहुँचभन्दा बाहिरको क्षेत्रहरू हुन् ।

युद्धले मुलुकको आधा भन्दा बढी जनसंख्यालाई आफ्नो घर छोड्न बाध्य तुल्याएको छ । युद्ध अनुगमनकारी संस्थाका अनुसार सिरियामा लगभग दुई लाख मानिस वेपत्ताको सूचीमा रहेका छन् ।

–एएफपी

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : १५ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन