छ फरार प्रतिवादी पक्राउ « Khabarhub

छ फरार प्रतिवादी पक्राउ


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ प्रहरीले आइतबार छ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बहुविवाह र अंश मुद्दाका दुई/दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक/एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यी प्रतिवादीबाट सात दिन कैद र रु १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उहाँको नजर फरार प्रतिवादी पक्राउमा परेको छ । प्रहरीले चालू आर्थिक वर्षमा ३६६ फरार प्रतिवादी पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ३० बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२