नेपाल–खनाल समूहलाई ओलीले गरे चियापानको निम्तो « Khabarhub

नेपाल–खनाल समूहलाई ओलीले गरे चियापानको निम्तो


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गर्ने भएका छन्।

मंगलबार बिहान ११ वजे बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिने नेता सुवास नेम्वाङले जानकारी दिए।

चियापानमा पार्टीका केन्द्रीय कमिटी सदस्य सबै जनालाई बोलाइएको छ जसमा माधव नेपाल र झलनाथ खनाललाई पनि बोलाइएको नेम्वाङले बताए।

चैत ૪ र ५ गते नेपाल-खनाल समूहको कार्यकर्ता भेला छ। त्यसको अघिल्लो दिन ओलीले चियापान गरेका हुन्। एमालेका सबै नेताको मोबाइलमा एसएमएस मार्फत निम्तो पठाइएको छ।

आगामी ७ गतेका लागि ओलीले बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : ३३ बजे

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी