माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या घटाएर २ सय कायम गर्दै | Khabarhub Khabarhub

माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या घटाएर २ सय कायम गर्दै


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले चार हजारबाट घटाएर केन्द्रीय कमिटी २ सय सदस्यीय कायम गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आइतबारदेखि बसेको बैठकले २ सय केन्द्रीय सदस्य कायम गर्ने निर्णय गरेको हो ।

बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी हाललाई २ सय नै कायम हुने जानकारी गराएको केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए ।

०७५ जेठ ३ मा नेकपा एमालेसँग एकता गर्दा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा माओवादीको भागमा २ सय केन्द्रीय सदस्य थिए । पार्टी एकताअघि माओवादी केन्द्रमा झन्डै ४ हजार सदस्यीय केन्द्रीय कमिटी थियो ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा करिब १ सय ८५ जना सहभागी भएका थिए । एमालेसँगको एकतापछि ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना सदस्य अनुपस्थित रहेको उनले बताए ।

बैठकले एमालेतिर लागेका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साहलगायत नेताहरुका कारण पार्टीलाई खासै प्रभाव नपरेको निष्कर्ष निकालिएको छ । आइतबारको बैठकमा अध्यक्ष दाहालसहित १० जना नेताले धारणा राखेका छन् ।

बैठकमा पार्टीको नाम फेर्ने, वाम ध्रुविकरण लगायतका एजेन्डा तय भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : ४६ बजे

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको

स्कुटर दुर्घटनामा चालकको मृत्यु

मोरङ – विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस

विराटनगर – कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी